समृद्ध नेपाल सुखी नेपालीमा टेकेर गगनले भने – ‘समुन्नत नेपाल सम्मानित नेपाली’

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफुलाई महामन्त्रीको उम्मेदवार घोषणा गदै समृद्ध नेपाल सुखी नेपालीलाई समुन्नत नेपाल सम्मानित नेपाली हुने बताएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको नारामै टेकेर थापाले महाधिवेशनपछि काँग्रेसको लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताएका हुन । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्म्दवारी दिने घोषणा गरेका थापाले बिहीबार १५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै यस्तो धारणा व्यक्त गरेका हुन ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ लक्ष्य ०७८ सालको अधिवेशन पछाडि नेपाली कांग्रेसको लक्ष्य हो’ ,थापाले भने, “जसरी २००६ सालमा कांग्रेसको मिसन के थियो रु बीपीले सानो पर्चामा लेख्नुभयो, हाम्रो ध्येय नेपालमा जनताको शासन स्थापित गर्ने, २०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहले भन्नभयो, कांग्रेसको मिसन पञ्चायतलाई फ्याँक्ने, जनताको शासन पुनर्स्थापित गर्ने । ६० सालमा शिखर पुरुष गिरिजाप्रसादले भन्नुभयो, हाम्रो ध्येय हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्ने । ०७८ सालपछि कांग्रेसले भन्छ नेपाललाई सम्मुनन्त बनाउने, प्रत्येक नेपालीलाई सम्मानित बनाउने छ ।”

आफूले सार्वजनिक गरेको लक्ष्य प्राप्तको बाटोमा अघि बढे कांग्रेस आफै बलियो हुँदै जाने उनले बताए ।आगामी निर्वाचनमा कांग्रेसले जित्ने विषयमात्रै नभए समन्नुत नेपालको लक्ष्यलाई पूरा गर्नका लागि जित्नु पर्ने उनको भनाइ थियो । आफ्नो अवधारणाअनुसार सामाजिक लोकतन्त्रले समाजभित्र न्यायापूर्ण अवस्था निर्माण गर्ने जसको आधारमा समाजमा दीर्घकालीन शान्ति, स्थायित्वको अवस्था रहने उनले बताए ।

“सामाजिक लोकतन्त्रिभत्र सबै जातजाति, भाषाभाषीका सबै नेपालीले अभ्यास गर्न पाउँछन् । सनातनदेखि चलिआएको हाम्रो धर्म, परम्परालाई रक्षा गर्दै सँगसँगै व्यक्तिका सबै स्वतन्त्रताको सम्मान गर्दै सबले समान ढंगले गौरवको अनुभूति गर्न पाउने अवस्थाको अब सिर्जना हुन्छ,”  उनले भने ।

नेता थापाले कांग्रेसलाई नयाँ सपना, संकल्प र नयाँ कार्यक्रम चाहिएकोले आफूले ‘समुन्नत नेपाल, सम्मानित नेपाली कार्यक्रम’ प्रस्तुत गरेको बताए । कांग्रेस महामन्त्री पद केवल कुर्सीमा मात्रै बस्ने नभई पार्टीको कार्यदिशाको प्रस्तावकसमेत रहेको बताए । “यो कार्यक्रम महामन्त्रीको रुपमा म नेपाली कांग्रेसमा प्रस्तावित गर्छु । कांग्रेसको महामन्त्री केबल महामन्त्रीको कुर्सीमा बस्नेमात्रै होइन । कांग्रेसको महामन्त्री भनेको कांग्रेसको राजनीतिक लाइन, कांग्रेसको कार्यदिशाको प्रस्तावक हो ।’  उनले भने  “गनगन गर्ने होइन, यो भएन ऊ भएन भन्ने होइन । यो महामन्त्रीको कुर्सी भनेको कुनै बेला गणेशमान बसेको कुर्सी हो, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।”

यस्ताे छ गगन थापाकाे अवधारणापत्र (पूर्णपाठ)

Loading...