आचारसंहिताविपरीत प्रचारप्रसार गर्दै उम्मेदवार, हटाउन प्रहरीकाे माइकिङ

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारहरूले प्रचारप्रसार गरेको पाइएको छ ।

२४ मंसिरदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन सुरु हुनु अगावै विभिन्न पदका उम्मेदवारहरूले आफ्नो फोटोसहितको उम्मेदवारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशनस्थलमा टाँस्न थालेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको आचारसंहिताअनुसार माहधिवेशनस्थलको वरवपर उम्मेदवारहरूले पोष्टर, पम्प्लेट, माइकिङ जस्ता प्रचारप्रसारका सामग्री प्रयोग गर्न पाइँदैन । तर, उम्मेदवारहरूले आचारसंहिता विपरीत जथाभावी प्रचारप्रसारका सामग्री टाँस गरिरहेका छन् ।

महाधिवेशनको आचारसंहिताविपरीत उम्मेदवारहरूले प्रचारप्रसार गरेको भन्दै प्रहरी/प्रशासनले नै त्यसलाई हटाउन निर्देशन दिएको छ । महाधिवेशनस्थलमा खटिएका प्रहरीले आचारसंहिताविपरीत गरिएको प्रचार प्रसारको सामग्री तुरुन्त हटाउन प्रहरीले माइकिङ गरेको छ ।

Loading...