कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठक : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिकाे अन्तिम बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए । बैठकले  यसअघि भएका विधानमा बाधा अड्काउ फुकाउ, विधानको केही धारा निलम्बन गरेको निर्णयलाई पनि अनुमोदन गरेको छ।

बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने प्रस्ताव लैजाने तयारी भएकाे भनिएपनि त्यससम्बन्धि कुनै प्रस्ताव पेश नभइ समापन भएकाे नेता यादवले जानकारी दिए ।

सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले बहिस्कार गरेका थिए । संस्थापन इतर समूहबाट सभापतिमा आकांक्षी रहेका तीनै नेता आफ्नो समूहमा सहमति जुटाउन नसकेर तनावमा रहेका बेला बैठकमा पनि सहभागी नभएका हुन् ।

काठमाडौंकाे भृकुटिमण्डपमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार