कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा जारी

पौडेल गएनन्, देउवाले सभापतिमा उठ्नेबारे जानकारी गराउँदै

शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा जारी छ । यो समाचार तयार पार्दासम्म बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल आइपुगेका छैनन् ।

बैठकले दुईवटा सहमहामन्त्री थप्ने निर्णय गर्ने बुझिएको छ । यस्तै, बैठकमा सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा पुनःसभापतिमा दोहोरिन इच्छुक रहेको जानकारी गराउँदैछन् ।

कांग्रेस महाधिवेशन आउन अब १ दिन मात्रै बाँकी छ । देउवा पक्षले पदाधिकारीको टुंगो लगाउन सकेको छैन भने उता संस्थापनइतर समूहलाई पनि सभापति छान्न सकस भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार