लमजुङको भुस्मेमा जीप दुर्घटना, ३ जनाको मृत्यु

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुस्मेगाउँ नजिकै कालिमाटी भन्ने स्थानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मृतक तीनै जनाको पहिचान नभएको प्रहरीले जनाएको छ ।

गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरु पिकनिकका लागि भुस्मेगाउँ माथि रहेको पिसहिल भन्ने स्थानमा जादैँ गरेका जीप बिहीबार बिहान करिब साढे १० बजे दुर्घटना भएको लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा मर्स्याङ्दी गापा-२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार