बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट ट्रक खस्दा दुईको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जनाएको छ ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब पाँच सय मिटर तल खसेको छ ।  गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

उनीहरूको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार