प्रकाशमान भन्छन् – सभापतिको दौडबाट पछि हट्दिन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् ।

काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् ।

कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको उनले बताए ।

पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि विधानअनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताए ।

कार्यक्रममा सिंहले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख समेत व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार