कोरोना खोपको दोस्रो डोज वैशाख ७ देखि दिइने

काठमाडौँमा लगाउन मिति र स्थान सार्वजनिक

पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज दिइने भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो डोज दिन लागिएको हो ।

सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार