आर्थिक उन्नति र विकासका लागि परम्परागत नीतिनियमलाई समयानुकूल बनाउन ढकालकाे आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति–नियमलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा सरोकारवाला पक्षसँग छलफल गरी परम्परागत नीतिनियमलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने बताए ।

‘यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावलाई लिएर सरोकारवाला पक्षसँग छलफल गरी पुराना नीतिनियम परिवर्तन गर्दै जाँदा सबै पक्षलाई फाइदा हुन्छ’ ढकालले भने, ‘यसका लागि राज्यले अग्रसरता लिनुपर्छ ।’

मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ विशेष पहल गर्नुपर्ने बताउँदै मुलुकभित्र दुईपांग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका र यसको बिस्तारसँगै चारपांग्रेका लागि पनि एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्नेमा उनको जोड थिए ।

बिजुली भारतमा निर्यात सुरु भएको बताउँदै ढकालले औद्योगिक क्षेत्रलाई सस्तोमा बिजुली उपलब्ध गराउन सके उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार