देउवा पक्षको निष्कर्ष : पार्टीको नेतृत्वमा शेरबहादुर देउवाको विकल्प छैन

नेपाली काँग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बुधवार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन सकेन । बैठकपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टी सभापति देउवाको विभिन्न विचारधारा भएका दलहरूलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताए । उनले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरूसँग परामर्श गरेर निष्कर्षमा पुराउने दाबी गरेका छन् । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उनले बताए ।

त्यस्तै काँग्रेस नेता बालकृष्ण खाँणले देउवालाई नै पार्टी सभापतिको रूपमा अघि बढाउन सहमति भएको जानकारी दिएका छन् । उनले महाधिवेशनपछि पदाधिकारी थप गर्ने विषयमा छलफल भएको बताए ।काँग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत लगाएतले दाबी गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार