भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए ।

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्ता विमानबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । आजतक टेलिभिजनका अनुसार एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार