के भएमा शरीरको स्टामिना घट्छ ?

स्टामिनाको अर्थात हाम्रो शरीरको उर्जा अथवा हामी भित्र भएको आन्तरिक बल । शरीरमा एकनासले लामो समय आन्तरिक उर्जा कायम राख्ने क्षमता हो यो । त्यसो त प्रायः मानिसहरु स्टामिनालाई शारीरिक कार्यहरु गर्न सक्ने क्षमता भन्ने सम्झन्छन्, तर वास्तवमा यसले मानसिक कार्यलाई लामो समयसम्म जारी राख्नसंग पनि सम्बन्धित छ ।

स्टामिना कम भएको स्थितिमा शरीरले कस्तो संकेत दिन्छ भन्ने कुरा बारेमा थाहा हुनु आवश्यक छ ।

—केही समय हिँड्दा अथवा भर्याङको केही खुड्किला चढ्दाको समय थाकेको अनुभव हुनु ।

—कुनै पनि शारीरिक अथवा मानसिक कामलाई लामो समयसम्म गर्न नसक्नु र केही समयमा नै थाकेको र आरामको आवश्यक महसुस हुनु ।

—केही मेहनत नै नगरी पसिना आउनु ।

—भोक नलाग्नु ।

—हरेक समय आफु थाकेको महसुस गर्नु र रिगंटा लागिरहनु ।

—आँखा अगाडि धमिलो भएको अनुभव हुनु ।

—कुनै काम गर्न मन नलाग्नु ।

—हात र खुट्टामा पीडा भएको महसुस हुनु ।

—निद्रा लागिरहनु, उठ्न मन नलाग्नु ।

शरीरमा स्टामिना कम हुने कारण

निद्राको कमी

जुन मानिस दिनहुँ ७ देखि ८ घण्टा सुत्दैन अथवा सुत्न पाउँदैन, उनीहरुको शरीरको शक्ति विस्तारै–विस्तारै कम हुन थाल्छ । जसका कारण उनीहरुलाई कुनै पनि काम गर्न मन लाग्दैन ।

पानी कम पिउनु

हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । यस्तो अवस्थामा शरीरमा पर्याप्त पानी भएन भने स्टामिना कम हुन थाल्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनु अत्यन्त आवश्यक छ ।

कार्बोहाइड्रेटको कमी

के तपाईंलाई थाहा छ,  कार्बोहाइड्रेटले हाम्रो शरीरमा शक्ति दिने काम गर्छ भन्ने कुरा ? यदि हाम्रो शरीरमा काब्रोहाइड्रेटको कमी भयो भने शरीर आलस्य हुन्छ र सुतिरहन मन लाग्छ । त्यसैले शरीरमा शक्ति उत्पन्न गराउनका लागि काब्रोहाइड्रेटको सेवन अति नै आवश्यक हुन्छ । यसले शरीरलाई धेरै शक्ति प्रदान गर्छ । त्यसैले आफ्नो दिनहुँको खानपानमा कार्बोहाइड्रेटको मात्रालाई सन्तुलित राख्नु पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार