कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित भए अमरेशकुमार सिंह

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।  नेता सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधीमा पराजित भएका हुन ।

उनले २ सय ४८ मत पाएका छन् । प्रतिनिधीमा निर्वाचित भएका विरेन्द्र सिंहले ५ सय १४, सुरेन्द्र प्रसाद सिंहले ५ सय १६ र रघुबीर कार्कीले ५ सय १३ मत ल्याएर विजयी भएका छन् । पराजित सिंह सर्लाही क्षेत्र नम्बर ४ का निर्वाचित सांसद समेत हुन ।

सिंह पक्षका नेता तथा कार्यकर्ताहरू क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन् ।

सिंह केन्द्रीय सदस्य शेखर कोइरालानिकट छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार