एकैपटक स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा (सूचीसहित)

सरकारले स्थानीय तहमा कार्यरत १ हजार ६ सय बढी कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १६१३ जना कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको हो ।

अढाई वर्षअघि सेवा प्रवेश गरेका स्थानीय तहका १ हजार ६ सय १३ कर्मचारीको मंगलबार एकैपटक सरुवा गरिएको छ । यति ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको यो पहिलो पटक हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा २०७६ सालमा स्थानीय तहका लागि लोक सेवा आयोगले सिफारिस गरेका विभिन्न पदका ९ हजार ४ सय कर्मचारीमध्येबाट सरुवा गरिएको हो ।

आफूलाई अन्तर स्थानीय तहमा कामकाज खटाउन निवेदन पेस गरेका कर्मचारीलाई सरुवा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

निवेदन दिनेको संख्या २५ सयको हाराहारीमा रहेको छ । क्रमशः सरुवा निकाल्ने पनि मन्त्रालयको तयारी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार