कांग्रेस सभापतिका आकांक्षी प्रकाशमानले खोले सम्पर्क कार्यालय

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।

उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ नेता सिंहको दायाँ(बायाँ राखेर थिए । साथमा कांग्रेस केन्द्रीय सदस्य राजन केसी र काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो । ललितपुर कांग्रेसका सभापति केही दिनअघि मात्र संस्थापन पक्षको सहयोगमा विजयी भएका थिए ।

नेता सिंहले अब कार्यालयमा नेता तथा कार्यकर्तालाई भेटघाट गर्नेछन् । कांग्रेसको संस्थापन इतरमा साझा सभापतिको घोषणा गर्ने तयारी भइरहेका बेला सिंहले सम्पर्क कार्यालय खोल्नुलाई अर्थपूर्ण मानिएको छ । सभापतिका लागि कति तयारी गरेको भन्ने यहीँबाट बुझ्नुपर्ने नेता सिंहले बताए । सहमतिबाट उम्मेदवार तय गर्न आज इतर समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको पनि उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार