कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना६ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश-०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार