३३ किलो सुन प्रकरण : दुबईबाट फर्कने क्रममा ‘काले’ पक्राउ

साढे ३३ किलो सुन तस्करी प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी भएका काले उर्फ कृष्ण गोपाल पक्राउ परेका छन् । झापाको शिवगञ्ज स्थायी घर भएका अग्रवालाई दुबईबाट फर्कने क्रममा नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनी सुन प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ को व्यवस्थापनमा हुने सुन तस्करीको लगानीकर्ता मध्येका एक हुन् । उक्त प्रकरणमा प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए।

गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए ।

यसअघि नेपाल प्रहरीले इन्टरपोल शाखामार्फत रेड नोटिस जारी गर्न पत्राचार गरेको थियो। उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार