प्यूठानमा टिपरकाे ठक्करबाट बाबु-छाेराको मृत्यु

प्यूठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका–५ चकचके–चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अटोरिक्सामा सवार प्यूठान नगरपालिका–३ कि ८ वर्षकी दुर्गा थापा, ३० वर्षकी पुनम थापा, १६ वर्षकी विपना थापा र १० वर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार