नेपालमा आज थप २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३८ जना र १ हजार ५ सय ३ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४९ पुगेको छ ।

यस्तै, आज थप ३५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।

नेपालमा आज मात्र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका २ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । संक्रमित दुवै जना कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार