मोटरसाइकलबाट खसेर तनहुँमा एक महिलाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर सोमबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका-६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग७प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार