नेपालमा पनि ओमिक्रोन भाइरस पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरस पुष्टि भएको जनाएको हो ।

दक्षिण अफ्रिकाबाट आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६६ वर्षीय व्यक्ति यहि मंसिर ३ गते नेपाल आएका थिए । नेपाल आउँदा प्रर्ण खोप लगाएको प्रमाण र नेटेटिभ पीसीआर रिपोर्ट लिएर आएका उनलाई र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्को पुरुषलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि मंसिर ७ गते पीसीआर परिक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको परीक्षणमा पोजिटिभ आएकाहरुको एस जीन परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस जीन फेला परेको थिएन । एस जीन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वेङसिङ गर्दा मङ्सिर १९ गते राति कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको हो ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार