आङसाङ सुकीलाई चार वर्ष जेल सजाय

नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङसाङ सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । बीबीसीका अनुसार ७६ वर्षीया सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको हो ।

सुकीलाई सेनाविरूद्ध नागरिकलाई उक्साएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएको जनाइएको छ । उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ ।

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो ।

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश हजार भन्दा बढी पक्राउ परेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार