विदेश जान लागेकी ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् ।

भारतको प्रवर्तन निर्देशनालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ुलुक आउट नोटिसु जारी गरेपछि उनलाई मुम्बई विमानस्थलमा रोकिएको हो । प्रवर्तन निर्देशनालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ । प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए । ज्याकलिनले भने यो विषयमा केही पनि बताएकी छैनन् ।

यो विषयमा अर्की अभिनेत्री नोरा फातेहीसँग पनि सोधपुछ गरिसकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार