दुई वर्षपछि माेदी र पुटिनबीच फेस टु फेस भेटवार्ता हुँदै

रसियाका राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१ औं वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाव बढिरहेका बेला पुटिनले नयाँ दिल्लिको भ्रमण गर्न लागेका हुन् । रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्षा अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा आफ्नो पहुँच बढाउन चाहन्छ । ‘भारत दशकौं पुरानो साझेदार देश हो । दुई देशका नेताबीच हुन लागेको शिखर भेटले राष्टपति पुटिन भारतसँगको सम्बन्धलाई थप महत्व दिन चाहन्छन्,’ उनी भन्छन् । पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जोड दिएको उनको भनाई छ ।

सन् २००० मा पहिलो पटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए । पहिलो भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए ।

सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच फेस टु फेस भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार