तारै तारको जालोमा कुरुप बनेको काठमाडौँ (भिडियोसहित)

 टिभी अन्नपूर्ण , काठमाण्डौं ।

सहर जति विकसित भए त्यति नै भर्दगोल बन्दै गएका छन् । राजधानी काठमाडौँमा अव्यवस्थित र भर्दगोल रूपमा रहेका तारहरूले काठमाडौँको सुन्दरतालाई अझै कुरूप बनाएको छ । विद्धुतका प्रत्येक पोलमा अति भर्दगोल रूपमा विभिन्न सेवा प्रदायक कम्पनी र संस्थाका तारले काठमाडौँको रूप नै नराम्रो बनाएको छ । कुरूप देखिने मात्रै होइन यस्तो अव्यवस्थित तारले विभिन्न दुर्घटना समेत निम्त्याएका छन् । काठमाडैंको यो अवस्था अहिलेको भने होइन । वर्सौदेखि यो समस्या रहँदै आएपनि स्थानीय निकाय, सरकार वा प्राधिकरण कसैको नजर भने पुगेको छैन ।

सडक विस्तारको क्रममा धराप बनेका बिजुलीका खम्बाहरूमा झुन्डिएका तारहरूमा मानिसहरू सचेत त छन् । तर यसको ब्यवस्थपनमा सम्बन्धित निकायले कुनै पनि चासो दिएका छैनन् । नेपाल टेलिकम, केवल अपरेटर, इन्टरनेट सेवा प्रदायकले बिधुत प्राधिकरणको पोलमा निश्चित सेवा शुल्क तिरेर जथाभाबी तार तानिरहेका छन् । तर यसको व्यस्थापन र अनुगमन गर्ने निकायको आभाव छ । एउटै पोलमा सबैभन्दा माथि बिजुलीका तार , त्यसपछि टेलिफोनका तार र केवलको तार रहेका छन् ।
जसको दीर्घकालीन योजना काठमाडौँ महानगरपालिकासँग समेत छैन । जथाभाबी फालिएका तारका कारण खाने पानी ट्याङ्कर, डिजेल ,पेट्रोल बोक्ने बस र स्कुल बसहरूलाई सबैभन्दा धेरै समस्या परेको छ । ठुल ठुला अग्ला सवारी साधनहरू गुड्डा कहिले टेलिफोन को तार त कहिले बिजुलीको तारहरू चुँड्ने गरेको छ । कहिले भने पोल नै भाचिने गरेको छ । यसको प्रत्यक्ष असर सर्वसाधारणलाई परेको छ । यसमा सबैभन्दा जिम्मेवार बन्नुपर्ने बिधुत प्राधिकरण तत्काल सबै बिजुलीको पोल हटाउने र तार भूमिगत गर्ने योजना सँगै यो समस्या अन्त्य हुने दाबी गर्छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजधानीमा अब्यस्थित तरिकाले बिजुलीका पोलमा टेलिफोन, केवलदेखि निजी प्रयोजनका तारहरू काट्न आफै बिजुलीको पोलमा चढेका थिए । बस्नेतको त्यो कदमको सबैतिर चर्चा मात्रै भएन, राजनीतिमा अहिले पनि जस लिइरहेका छन् । तर यस अभियानले अर्को दोस्रो पोलको तार भने हटाउन सकेन । अभियान अहिले अस्त व्यस्त जस्तै भएको छ । कालोपत्रे गरेपछि पुन भत्काएर विद्युत्को पोल हटाउनु भन्दा सुरुमा नै पोल व्यवस्थापन गरेर विकास बजेटलाई केही कम गर्न सकिने थियो भन्ने आम जनगुनासो रहेको छ । अझ उक्त सडकको बिचमा रहेको पोलको कारण दुर्घटना हुने उच्च सम्भावना रहेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

यस्तै विविधता प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुका तार व्यवस्थापनका लागि मापदण्ड बनाउने र जथाभाबी तारहरू हाल्न नदिने तयारी भइरहेको नेपाल विद्धुत प्राधिकरणका उप कार्यकारी निर्देशक हरराम न्यौपानेले जानकारी दिए । उनका अनुसार बिधुत प्राधिकरण एक्लैले सम्भव नभएको र सबै आइयसपी सेवा प्रधायक, टेलिकम समेतको समन्वय जरुरी । उनीहरूले १ हजार पोलको अनुमति लिए पनि २ हजार पोलमा बिना अनुमति तार जडान गरेको उनको तर्क छ । बिना अनुमति तार जडानलाई निरुत्साहित गर्न लागेको न्यौपाने को तर्क छ ।

उनका अनुसार जडान गर्न अनुमति लिनेले प्रति पोल २०५ भाडा दर तिर्नु पर्ने मापदण्ड भए पनि धेरैले यसलाई उल्लङ्घन गरेको जानकारी दिए । भद्रगोल लत्रिएको तारले सवारी चालक आगमनलाई समेत सास्ती परिरहेको छ । तारले गर्दा, ट्राफिक जाम हुने र बेला वेलामा अल्झिने समेत गरेको उनीहरूको तर्क छ । आफूले ठुलो ठुलो सवारी साधन हाक्नु पर्ने र तरहरूको उचाइ कम हुँदा बेला बेला तारहरू चुँडिने र आफूले गाली खानु पर्ने गरेको चालकहरूको गुनासो छ ।

भिडियो

करेन्ट लागेर २ को मृत्यु

करेन्ट लागेर भैसी र गोरुको मृत्यु, ३ महिला घाइते

बागलुङमा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु , ५० हजार ज्यानको मूल्य

Related posts

Leave a Comment