म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि ‘गाडी चलाउँदा’ पाँच जनाको ज्यान गयो

म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको ज्यान गएको छ । रङ्गुनमा आइतबार दिउँसो भएको सो घटनामा अन्य १५ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

सैन्य ‘कु’को विरोधमा म्यानमारमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । आज प्रदर्शन भइरहेको बेला सेनाको एउटा गाडी तीव्र गतिमा प्रदर्शनकारीहरूलाई किच्दै अघि बढेको रोयटर्सले जनाएको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो । सैन्य ‘कु’ पछि भएका प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । सैन्य सरकारले शान्तिपूर्ण प्रदर्शनमा गाडीले कुल्चिने र जथाभाबी गोली प्रहार गर्ने घटना पटक–पटक भएका छन् ।

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथिको एउटा मुद्दामा फैसलाको तयारी भइरहँदा प्रदर्शनहरू बढेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार