स्राेत नखुलेकाे ६९ लाख ५० हजार रुपैयाँसहित बिइङ ह्‍युमानका म्‍यानेजर पक्राउ

स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित काठमाण्डौबाट एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१ दरवारमार्गस्थित बिइङ ह्‍युमान कपडा पसलका म्यानेजर हिरोसी खनालको साथबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ परेका खनाल र बरामद भएको रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार