पूर्ण लम्सालको ‘चोखो माया’ बजारमा

मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याएका छन् ।

अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीत दिएका हुन् । गीतमा विशाल निरौलाले सङ्गीत संयोजन गरेका छन् ।

अमेरिकामा छायाङ्कन गरिएको गीतमा अन्तर्राष्ट्रिय व्यवसायमा स्नातकोत्तर गरिरहनुभएकी विष्णु मिश्र र मोडल लम्सालबीचको ‘अन्स्क्रिन रोमान्स’ प्रस्तुत गरिएको छ । शैलेश घलेले छायाङ्कन गरेको दृश्यलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । विक्की पुलामीको निर्देशनमा दृश्य सामग्री तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।

Loading...