भारतीय सुरक्षाकर्मीको गोली लागेर नागाल्याण्डमा १३ सर्वसाधारणको मृत्यु

भारतको नागाल्याण्ड राज्यमा भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा १३ जना सर्वसाधारण मारिएका छन् । नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँनजिकै उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।

घटनापछि सो क्षेत्रमा हिंसा फैलिएको छ । सुरक्षाकर्मी र स्थानीयबीच हिंस्रक झडप भएको छ । असम राइफल्सका अधिकारीहरूका अनुसार घटनामा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । उक्त घटनामा एक जना सिपाहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । सो घटनामा आफ्नो सिपाहीको मृत्यु भएपछि सेनाले तत्काल छानविनको आदेश दिएको छ । त्यहाँको राज्य सरकारले घटनालगत्तै अनुसन्धानका लागि उच्चस्तरीय टोलि पठाइसकेको बताएको छ ।

सो घटना शनिबार साँझ म्यानमार सीमा नजिकै भएको आइतबार प्रकाशित भारतीय मिडियामा उल्लेख छ । सुरक्षाकर्मीको गोली लागेर अन्य दुई नागरिक घाइते भएको बताइएको छ । भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए ।

नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भाग्यवश् भएको सो घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । रिपोर्टकाअनुसार आतंकवादी अपरेसनअन्र्तगत सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए ।

सोहि क्रममा अन्धाधुन्ध गोली चल्दा दुर्गाग्यवश ११ नागरिकको मृत्यु भएको बताइएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले भारतीय मिडियासँग बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार