आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोटमा नयाँ प्रविधि

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको च्याटबोट अब आर्टिफिसियल इन्टेलिजेन्स तथा डिजिटल प्रविधिको प्रयोगमार्फत एपमासमेत चलाउन मिल्ने भएको छ । आईएमईले आफ्नो सेवाको दास्रो वर्ष प्रवेशको अवसरमा च्याटबोटलाई नयाँ प्रविधिमा ल्याएको जनाएको छ ।

लाईफ इन्स्योरेन्स कम्पनीमध्ये च्याटबोटमार्फत सेवा दिने पहिलो कम्पनी  आईएमई लाईफ इन्स्योरेन्सले एक वर्ष पहिलेबाट च्याटबोट सेवा उपलब्ध गराएको थियो । उक्त च्याटबोट आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको थियो । एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवम् सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै थप सुविधासहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाइएको छ ।

एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको आईएमईले जनाएको छ । साथै हाल सम्म करिबएक लाख ७० हजार वटा प्रश्नहरु आएको र च्याटबोटद्वारा समाधान गरेको पनि आईएमईले जनाएको छ ।

च्याटबोटले सेवाग्राहीलाई बिमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरेर कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्दै आएको छ । त्यस्तै नयाँ स्वरुपमा आएको च्याटबोट आईएमई लाइफ डाइरेक्ट एक प्रकारले आईएमई लाइफको भर्चुअल कार्यालयको रुपमा रहने तथा बढी भन्दा बढी ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई सेवा दिन सफल हुनेमा विश्वस्त रहेको कम्पनी प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार