कमल थापा पराजित भए पनि उनका परिवारका तीन सदस्य विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाई गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् ।

छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाले १ हजार ३३२ मत ल्याएका छन् । गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार