राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा राणा विजयी भएका हुन् ।
धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् । राणा नेपालगञ्ज उप–महानगरपालीकामा मेयर पनि हुन् ।
राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।
निर्वाचन समितिका अनुसार विजयी पदाधिकारीको सपथ कार्यक्रम दिउँसो १ बजे हुनेछ ।