राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो । मतपरिणाम अनुसार कुन्ती २००८ मत ल्याउँदै विजयी भइन् भने रेखा १६४० मतमा सिमित बनिन् ।

निर्वाचन समितिका अनुसार विजयी पदाधिकारीको सपथ कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार