महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण

Sunrise Bank Middle Size

नेपाल–भारतको सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको दुवै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुवै देशबाट नापी विभागको पाँच/पाँच सदस्यीय टोलीले भारतद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले एकतर्फीरूपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरि रहेको विषयमा सञ्चार माध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।

नेपाली टोलीमा प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल तथा सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा हुनुहुन्छ । यस्तै भारतका तर्फबाट डीएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरज सिंह र दिनेश सिंह सहभागी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिए ।

दुवै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छै न भन्ने विषयमा छलफल गरको बताइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...