थापाथलीमा गाडिले स्कुटरलाई ठक्कर दिँदा दुई गम्भीर घाइते

काठमाडौंको थापाथलीमा गाडिले स्कुटरलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको कुखुरा बोकेको गाडिले विपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो ।

आइतबार बिहान करिब पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

थापाथली र त्रिपुरेश्वरको बिचमा रहेको ट्राफिक प्रहरी कार्यालयको अगाडि उक्त दुर्घटना भएको हो । ठक्करबाट स्कुटीको अगाडिको आधाभन्दा बढी भाग गाडिभित्र छिरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार