कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

एक सयबढी मतले हराए थापालाई

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ ।

शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए । बिहान ३ बजेबाट मत गणना शुरु भएको हो ।

Loading...