राप्रपाको मतदान सकिन मध्यरातसम्म लाग्ने, परिणाम बिहान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म २९ सय मत खसेको छ । राती ८ बजेसम्म करिब २९ सय मत खसेको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिए । यो सँगै मतगणनाको परिणाम आउन समय लाग्ने भएको छ । बस्नेतका अनुसार आइतबार बिहान २ बजेसम्म परिणाम आउन सक्ने बताएका छन् ।

राप्रपामा नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि मतदान भइरहेको उनले बताए। शनिबार ढिला गरी सुरु भएका कारण मतदान सकिन मध्यरात हुने समेत उनले बताएका छन् । मतदाताको सङ्ख्या धेरै भएको र त्यसलाई चुस्त ढङ्गले मतदान गराउने व्यवस्था गर्दा मतदान मध्यरातसम्म हुने उनको भनाई छ ।

‘मतदान गर्न आउने उम्मेदवारले लिस्ट नल्याउने र एउटा–दुइटा खोज्दा समय बढी लागेको छ,’ अधिकृत बस्नेतले बताए । महाधिवेशनमा चार हजार ३८० जना प्रतिनिधिहले नयाँ नेतृत्वका लागि मतदान गर्दै हुनुहुन्छ । मतदानमा ६८ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

राप्रपाको अध्यक्षा पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १४१ पदका लागि २७० जना उम्मेदवार छन्।।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार