नयाँ नेतृत्व चुन्न राप्रपाको मतदान जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो ।

भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम भएकाले मतदानमा ढिलाइ भएको बताए ।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उनीहरु मत माग्न व्यस्त छन् ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार