राप्रपा महाधिवेशनः लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डेले

राप्रपाको एकता महाधिवेशन गत बुधबारबाट काठमाडौंमा जारी छ । शुक्रबार मनोनयन दर्ता गरिएको छ । कमल थापा र राजेन्द्र लिङ्देन समूह नेतृत्वको प्रतिस्पर्धामा छ ।

दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन् । पाण्डे आफ्नो समूहमा रहेको दुवै समूहले दाबी गर्दै आइरहेका बेला उनी लिङ्देन समूहमा खुलेका हुन् ।

थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की, महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

थापा प्यानलबाट उपाध्यक्षमा मनोनयन दर्ता गरिएका पाण्डेको लिङ्देन समूहबाट पनि वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता भएको थियो । थापा समूहमा नगई पाण्डे अहिलले लिङ्देन समूहबाट भोग माग्न थालेका छन् । योसँगै पाण्डे लिङ्देन समूहमा रहेका स्पष्ट भएको छ ।

लिङ्देन समूहबाट उपाध्यक्षमा पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । अध्यक्ष पदको मतपत्र र बाँकीको भोटिङ मेसिनबाट मतदान गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार