काठमाडौंको नयाँ बजारमा आगलागी, ६ वटा दमकल परिचालन

सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार शुक्रबार दिउँसो २ बजेतिर आगोको मुस्लो निस्किएको थियो । बस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

हाल घटनास्थलमा काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १/१ वटा गरी ६ वटा दमकल र अग्नि नियन्त्रक टोली परिचालन भएका छन् ।

अहिले आगो निभाउने काम भइरहेको र आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार