करिश्मा र रचना कक्षा १२ काे परिक्षामा उत्तीर्ण, कति आयो त जीपीए ?

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् ।

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएर पास भएँ’, उनले भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् । ‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् ।

यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् ।  झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी उनले ३.४४ जीपीए ल्याएर कक्षा १२ पास गरेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार