दोस्रोपटक पदवहाली गर्दै ओलीले भने- एमालेले निष्कासन गरेका व्यक्ति संसदमा स्वीकार्दैनौं

फेरि पनि संसद अवरुद्ध गर्ने संकेत

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरे ।

‘संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताए । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उनले बताए ।

सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ । एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार