साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ ।