जनता दरबार र सिटिजन्स डिस्कसन फोरमसँग भोलि एकता गर्दै विवेकशील साझा

विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको जनता दरबारबीच शनिबार दिउँसो १ बजे जाउलाखेलमा पार्टी एकता घोषणा हुन लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार