खनाल-नेपाल समूहको सामानान्तर गतिविधी जारी

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले सामानान्तर गतिविधीलाई निरन्तरता दिएको छ ।

सोमबार काठमाडौंमा एमालेको ओली निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेला आयोजना भएकै दिन खनाल–नेपाल समूहले पनि सोमबार नै नेपाल उत्पीडित जातीय मुक्ति समाजको बागमती प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ ।

कार्यक्रमलाई एमाले वरिष्ठ झलनाथ खनाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा खनालले वर्तमान सरकारले भूमिहिनका लागि केहि पनि काम गर्न नसकेको बताए । सरकारले सामाजिक आर्थिक रुपान्तरमा ध्यान दिन नसकेको उनको भनाई छ । सर्वोच्चले नेकपालाई पूर्ववत पार्टीमा रुपान्तरण गरेपछि आफुहरुले एकतामा जोड दिएपनि ओलीले त्यसलाई लत्याएको उनले बताए । खनालले अध्यक्ष ओलीले नै एमालेलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

यसअघि एमालेको खनाल–नेपाल समूहले विभिन्न जनवर्र्गिय संगठनमा समानान्तर कमिटी गठन गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार