आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा समेत नदिने निर्णय भएको छ ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अहिले विश्वका धेरै देशमा देखा परिसकेको छ । हालसम्म कोरोनाको भेरियन्ट ओमिक्रोन २९ देशमा फैलिसकेको छ भने यसबाट ३७३ जना संक्रमित भइसकेका छन् ।
विहीबार भारतको कर्नाटकमा समेत दुई जनामा नयाँ भेरियन्ट देखा परेको छ ।