बङ्गलादेशको भ्रमण टोली पोखरामा

नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संस्कृति एवं पर्यटन सम्वद्ध टोलीले आज पोखराका विभिन्न पर्यटकीयस्थलको अवलोकन भ्रमण गरेको छ । नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा नेपालमा आएको टोली बुधबार पोखरा आएको हो ।

टोलीले पोखराको सराङकोटबाट सूर्योदय अवलोकन गर्नुका साथै पर्यटकीय क्षेत्र महेन्द्रगुफा र चमेरे गुफाको अवलोकन गरेको नेपाल–बङ्गलादेशमैत्री सङ्घका अध्यक्ष दीनदया रिजालले जानकारी दिए ।

टोलीमा भाषा, कला, संस्कृति, मानवअधिकार, पर्यटन, व्यापारलगायतका क्षेत्रमा क्रियाशील १२ जनाको सहभागिता रहेको बताउँदै उनले भ्रमणले दुवै देशबीचको सांस्कृतिक आदान–प्रदानका साथै पर्यटन एवं व्यापार प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

टोलीलाई आजै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानले स्वागत गरेको थियो । प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले टोलीको स्वागत गर्दै दुवै देशबीचको सांस्कृतिक एवं पर्यटकीय साझेदारी वृद्धि गर्नुपर्नेमा जोड दिए । कला संस्कृतिको आदान–प्रदानका लागि एकापसमा अन्तरदेशीय भ्रमण तथा अन्तक्र्रियालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

कोरोना कहरका कारण प्रभावित पर्यटकीय नगरी पोखराको प्रवद्र्धनमा पनि यो भ्रमण उपयोगी बन्ने विश्वास लिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार