भारतमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकोे छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित भेटिएको पुष्टि गरेका हुन् । उनका अनुसार ६६ र ४० वर्षीय दुई पुरुषमा ओमिक्रोन देखिएको हो ।

उनीहरुको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार