बिहीबार थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको ९ हजार ५११ र एन्टिजेन विधिबाट गरिएको १ हजार ८९२ परिक्षणमा ३१५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख २१ हजार ९४९ र एन्टिजेन विधिबाट ९५ हजार ५४६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २०१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ३६९ जना पुगेको छ ।

यस्तै आज कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको कुल संख्या ११ हजार ५३५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ ।

जसमध्ये ६ हजार ७१५ जना होम आइसोलेसनमा रहेका छन् भने ३३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार