राप्रपाको महाधिवेशनमा विवाद हुँदा निर्वाचन कार्यक्रम प्रभावित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा निर्वाचन कार्यक्रम प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिको नामावली संस्थापन पक्षले हेरफेर गरेको आरोप लागेपछि विवाद उत्पन्न भएको हो । विवादका कारण निर्वाचन कार्यक्रम प्रभावित भएको हो । यसअघि नयाँ नेतृत्व चयनका लागि शुक्रबार हुने तय गरिएको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन सुरु हुन सकेको छैन ।

यस्तै उम्मेदवारको मनोनयन दस्तुर बढी तोकिएको विषयमा पनि महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

राप्रपाको अध्यक्षमा अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार